४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

म्यानचेस्टर सिटीमाथि लिभरपुलको दबाब



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहँदै आएको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीमाथि दबाब कायम राखेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै जर्गेन क्लोप्पको टिम लिभरपुलले सिटीसँगको अंक दूरी एकमा छोट्याएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बर्नलीलाई ४–२ ले हरायो ।

लिभरपुलको जितमा रोबर्टो फिरमिनोले दुई तथा साडिओ मानेले दुई गोल गरे । यस्तै बर्नलीका लागि एश्ली वेष्टवुड र बेर्ग गुडमण्ड्सनले एक एक गोल गरे । छैटौँ मिनेटमा वेष्टवुडको गोलबाट बर्नलीले सुरुवाति अग्रता लियो ।

१९ औँ मिनेटमा फिरमिनोले लिभरपुलका लागि बराबरी गोल फर्काए । यस्तै २९ औँ मिनेटमा मानेले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–१ को अग्रता लियो ।

दोस्रो हाफमा लिभरपुलले दुई तथा बर्नलीले एक गोल थप गरेको हो । फिरमिनोले ६७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा बेर्गले बर्नलीका लागि एक गोल थप गरे ।

इन्जुरी समयको तेस्रो मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ४–२ ले विजयी भयो । जितपछि दोस्रो स्थानमा लिभरपुलको ३० खेलबाट ७३ अंक भएको छ ।

शीर्षस्थानको म्यानचेस्टर सिटीको समान खेलबाट ७४ अंक छ । ३० अंक रहेको बर्नली १७ औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  २ : ११ बजे