९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

आर्सनलको जित, म्यानचेस्टर युनाइटेड पराजित



एजेन्सी ।
जोसे मोरिन्हो बर्खास्त भएपछि क्लबको जिम्मेवारी सम्हाल्न आएका अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरले प्रशिक्षणमा लिगमा म्यानचेस्टर युनाइटेड पहिलो पटक पराजित भएको छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २–० ले हराएको हो ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले पहिलो र दोस्रो हाफमा एक एक गोल खायो ।
आर्सनलको जितमा ग्रानेट जाका र पिएर एमरिकले गोल गरे । १२ औँ मिनेटमा जाकाको गोलबाट आर्सनलले पहिलो हाफमा सुरुवाति अग्रता लियो । दोस्रो हाफमा आर्सनलले पेनाल्टी पायो ।
६९ औँ मिनेटमा पेनाल्टी मार्फत पिएर एमरिकले गोल गरेपछि आर्सनलले २–० को जित निकालेको हो । युनाइटेडबा लागि रामेलु लुकाकुले गोल गर्ने राम्रो अवसर बनाएका थिए, तर उनको प्रहार बारमा लागेर फर्कियो ।
फ्रेडको प्रहार पनि गोलमा परिणत हुन सकेन । आर्सनका गोलरक्षक बर्नाड लिनोले दुईवटा सुन्दर बचाउ गरे । हारपछि युनाइटेड शीर्ष चारबाट तल झरेको छ । पाँचौँ स्थानमा झरेको युनाइटेडको ३० खेलबाट ५८ अंक छ । चौथो स्थानमा पुगेको आर्सनलको ६० अंक भएको छ ।


प्रिमियर लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा चेल्सी वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको छ ।
चेल्सीका लागि इन्जुरी समयको दोस्रो मिनेटमा इडन हजार्डले गोल गर्दै हारबाट जोगाएका हुन् । त्यसअघि ५६ औँ मिनेटमा जिमिनेजको गोलबाट वुल्भ्सले अग्रता लिएको थियो ।
तर त्यसको ५ मिनेटपछि नै लुका मोड्रिचले रियलका लागि चौथो गोल गरे । जितपछि रियलले २७ खेलमा ५१ अंक बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  २ : ०६ बजे