४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

भालाडोलिड स्तब्ध, रियल मड्रिडको शानदार जित



एजेन्सी ।
ला लिगामा रियल मड्रिडले रियल भालाडोलीडलाई हराउँदै राहत महसुस गरेको छ । यसअघिका खेलमा राम्रो नतिजा निकाल्न नसकेको रियलले भालाडोलिडलाई चार एक गोल अन्तरले हरायो ।


भालाडोलीडको मैदानमा घरेलु टिमले खेलमा अग्रता बनाएको थियो । तर रियलले त्यसलाई उल्ट्याउँदै चार गोल गर्न सफल भयो । खेलको २९ औं मिनेटमा अनुर तुहामीको गोलमा भालाडोलीडले अग्रता बनाएको थियो ।

त्यसपछि रियलले उत्कृष्ट कमब्याक गर्न सफल भयो । १० खेलाडीमा झरेको रियलले ३४ औं मिनेटमा भारानेको गोल्मार्फत खेल बराबरी गर्न सफल भयो । त्यसपछि ५१ औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई करिम बेन्जिमाले गोल गर्दै दुई एकको अवस्थामा र्पुयाए ।

५९ औं मिनेटमा फेरि बेन्जिमाले नै टोनी क्रुसको पासमा ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ८० औं मिनेटमा कासेमीरो दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा खुम्चियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  १ : ५६ बजे