४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

चेल्सी र उल्भरह्याम्टनलले बराबरी अंक बाँढे



एजेन्सी । 

इडिन हाजार्डले अन्तिम समयमा गोल गर्दा चेल्सीले गुमाएसकेको खेलबाट अंक खोस्न सफल भएको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सी र उल्भरह्याम्टनलले १–१ गोलको बराबरीमा अंक बाँढे । पहिलो हाफ गोलरहित बनेको खेलको ५६औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाए ।

उल्भरह्याम्टनले खेल जित्नै लागेको बेला इन्ज्युरी समयको दोस्रो मिनेटमा हाजार्डले विलियनको पासमा गोल गर्दै खेल बराबरीमा र्पुयाए । यो बराबरीपछि चेल्सीले ५७ अंक बनाएको छ । उल्भ्स भने ४४ अंक सहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  १ : ५४ बजे