४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

शिक्षक संगठन कपिलवस्तुको बैठक बस्यो



अजय मिश्र, कृष्णनगर ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुको विस्तारित बैठक कृष्णनगरमा बसेको छ । बैठकले शिक्षक संगठनको सदस्यता चैत्र मसान्त सम्म नविकरण गर्नु पर्ने निर्णय गर्दै  उक्त नविकरणका लागि विभिन्न नगरपालिका र गाउँपालिकामा जिम्मेवारी वाडँफाँड गरेको छ । साथै बैठकले सुवास कोहारलाई जिल्ला कार्य समितीको जिम्मेवारी दिएको छ ।

कृष्णनगर नगरपालिका वडा नं. ३ मा अवस्थित जामिया सिराजुलवलुम अलसल्फीयाको सभा हालमा बसेको बैठकले शिक्षक महासंघको सह अध्यक्ष पदमा संगठनको कोषाध्यक्ष भोजराज अचार्य र सदस्य पदमा रहेका शिवप्रसाद अधिकारीलाई महासंघको सदस्य पदमा पठाउने निर्णय गरेको बताइएको छ ।

संगठनका अध्यक्ष लाल चन्द पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा संगठनका प्रदेश सदस्य डा.अब्दुलगनी अलकुफीको प्रमुख अतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  १ : २७ बजे