४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

देवदहमा अज्ञात समुहको आक्रमणबाट तरुण दलका नेताको मृत्यु



बुटवल ।

आइतबार साँझ अज्ञात समुहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणबाट रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षिय अमिस पुरीको मृत्यु भएको हो । पुरी तरुण दलका कार्यकर्ता थिए ।

देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुही तर्फ जाँदै गर्दा पुरीलाई अज्ञात समुहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

आक्रमण गर्ने समुह फरार रहेको र उनिहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो । देवदहको भलुहीमा यसभन्दा अगाडी पनि यस्ता घटना घटेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  १ : ०३ बजे