९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

रुपन्देहीको सम्मरीमाइ गाउँ पालिकाका अध्यक्ष शुक्लाले किन दिए पदबाट राजिनामा ?



बुटवल ।
रुपन्देहीको सम्मरीमाइ गाउँ पालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्ल्लुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्नु भएको छ ।
मर्चवारस्थित आफनै निवासमा आइतबार एक कार्यक्रम गरी अध्यक्ष शुक्लाले पार्टी परित्यागको घोषणा गर्नु भएको हो । शुक्लासंगै उहाकी श्रीमति गत प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रदेश सभाका उम्मेद्धार पल्लवी शुक्लाले पर्टी नेकपा परित्याग गर्नु भएको छ ।
स्थानीय सयौ जनतालाई आफ्नै निवासमा बोलाई पार्टी परित्याग गर्नु भएका जितेन्द्र र पल्ललवीले नेकपाले मर्चवारका जनतालाई वेवास्ता गरेको र पार्टीका बिभिन्न समितिको गठन तथा अन्य कार्यक्रममा कुनै वास्ता नगरेकाले बाध्य भएर पार्टी परित्याग गरेको बताउनु भयो ।
अध्यक्ष शुक्लाले गाउपालिका तथा वडा तहमा समति गठन गर्दा, सपथ गराउदा र अन्य कार्यक्रम गर्दा आफुहरुलाई वास्तथा नगरेको र मर्चवारका पार्टी नेताहरुले अपमान हुने ढंगले व्यवहार गरीरहेकाले पार्टी छोडेको बताउनु भयो ।
स्थानीय तहको निर्वाचनमा बिजय कुमार गच्छेदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघि तत्कालिन नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५ आइतबार ००:००  १० : २५ बजे