४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

इथियोपियामा बोइङ विमान दुर्घटना, १४९ यात्रुको अवस्था के होला ?



एजेन्सी,
इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेको बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका खबरमा उल्लेख छ ।

दुर्घटनामा ठूलो संख्यामा हताहति भएको आशंका गरिएको इथियोपियाका प्रधानमन्त्री अभि अहमदले बताउनु भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। विमान कम्पनीका प्रवक्ताका अनुसार विमान दुर्घटना स्थानिय समयअनुसार विहान ८ बजेर ४४ मिनेटमा भएको थियो।

अहिलेसम्म यात्रु तथा चालक दलका सदस्यको अवस्थाको बारेमा एयरलाइन्सले कुनै जानकारी सार्वजनिक गरेको छैन। एयरलाइन्सका प्रवक्ताले भने,‘इथियोपियन एयरलाइन्सका कर्मचारीलाई दुर्घटनास्थलतर्फ पठाएर आपतकालिन सेवाको लागि हरसम्भव प्रयास भइरहेको छ।’ दुर्घटनाप्रति इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गरेर दुःख व्यक्ति गरेका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०७५ आइतबार ००:००  १० : ०५ बजे