४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

१०५ केजी चरेससहित तीन पक्राउ



धादिङ ।
धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आइतबार बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना ५ ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो । यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५ आइतबार ००:००  ५ : ५३ बजे