४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रहिम स्टर्लिङको ह्याट्रिक, म्यानचेस्टर सिटीको जित



एजेन्सी ।
रहिम स्टर्लिङले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि म्यानचेस्टर सिटीले वाटफोर्डलाई ३-१ गोलले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

तर, स्टर्लिङको पहिलो गोल भने विवादित बनेको थियो । पहिलो हाफका गोलरहित बराबरी भए पनि दोस्रो हाफको सुरुमै स्टर्लिङले गोल गरे ।

सर्जियो एग्युरोको फ्लिक पासमा उनले गोल गरेका हुन् । तर, एग्युरोले बल होल्ड गर्दा स्टर्लिङ स्पष्ट रुपमा अफसाइड पोजिसनमा थिए ।
लाइन्सम्यानले झण्डा पनि उचालिसकेका थिए । तर, आफ्ना सहकर्मी अधिकारीसँगको लामो छलफलपछि रेफ्री पाउल टायरनेले आफ्नो निर्णय दिए । स्टर्लिङको दोस्रो गोलमा भने कुनै समस्या भएन । जुन पहिलो गोलको ४ मिनेटपछि नै भएको थियो ।

रियद मेहेरेजको क्रसमा ट्याप गरी उनले गोल गरेका थिए । ५९ औं मिनेटमा २४ वर्षीय इंग्लिस स्ट्राइकरले ह्याट्रिक पूरा गरे । सिजनमा उनको यो १८औं गोल हो । जितसँगै सिटीले ३० खेलबाट ७४ अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुुलको ७० अंक छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५ आइतबार ००:००  २ : २६ बजे