४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जर्मन बुण्डेस लिगाः बायर्न म्युनिखको गोलको बर्षा



एजेन्सी ।
जर्मन बुण्डेस लिगामा बार्यन म्युनिख विजयी भएको छ । बायर्न म्युनिकले उल्फ्सबर्गलाई ६–० ले हरायो । घरेलु मैदानमा बायर्नले उल्फ्सबर्गलाई हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बार्यनको जितमा रोबर्ट लेवान्दोस्कीले दुई गोल गरे भने सेर्जी ग्नाब्री, थोमस मुलर, जोसुवा किम्मिच र जेम्स रोद्रिगेजले एक एक गोल गरे । ३४औं मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै लेवान्दोस्कीले बायर्नको अग्रता दोब्बर बनाए ।

unn.prixa.net
पहिलो हाफमा दुई गोलको अग्रता लिएको बायर्नले दोस्रो हाफमा चार गोल थप्यो । ५२ बुण्डेस लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमण्डले स्टुर्टगार्टलाई ३–१ ले हरायो । पहिलो हाफ गोलरहित बनेको खेलको ६२औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मार्को रियुसले गोल गर्दै डोर्टमण्डलाई अग्रता दिलाए ।
७१औं मिनेटमा केम्फले स्टुटगार्टका लागि गोल गरेपछि खेल बराबरीमा पुग्यो । ८४औं मिनेटमा पाको अल्कासरले गोल गर्दै डोर्टमण्डलाई फेरी अग्रता दिलाए ।
दोस्रो हाफको इन्ज्युरी समयमा क्रिष्टियन पुलिसिचले गोल गर्दै डोर्टमण्डलाई ३–१ को जित दिलाए । डोर्टमण्डको पनि ५७ अंक पुगेको छ ।
औं मिनेटमा रोद्रिगेजले गोल गर्दा बायर्नको अग्रता ३–० को अग्रता दिलाए । ७६ औं मिनेटमा मुलरले गोल गरे भने ८२ औं मिनेटमा किम्मिचले गोल गरेपछि बार्यनले पाँच गोलको अग्रता दिलाए । ८५ औं मिनेटमा लेवान्दोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले ६–० को जित दिलाए ।
जितसँगै बायर्न बुण्डेस लिगको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले २५ खेलबाट ५७ अंक बनाएको छ । बायर्नले बोरुसिया डोर्टमण्लाई गोल अन्तरमा पछि पारेको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५ आइतबार ००:००  २ : १० बजे