४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ऐतिहासिक शिवगढीको संरक्षणमा नेपाली सेनाको सकृयता



मायादेवी अनलाइन, वाणगंगा ।

नेपाली सेनाले जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणमा सकृयता देखाएको छ । शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको ऐतिहासिक गढी संरक्षणमा नेपाली सेनाको श्री नारायण दल गणले यस्तो सकृयता हो । सन् १८१४ देखि १८१६ सम्म अंग्रेज युद्ध अँग्रेज साम्राज्य विरुद्ध लडाई लड्न नेपाली सेनाले सुरक्षा कवजको रुपमा निर्माण गरेको शिवगढी किल्ला (गढि) को रुपमा परिचित छ ।

सोही स्थल ऐतिहासिक तथा धार्मिक हिसावले धेरै महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाली सेनाको नारायण दल गण गोरुसिंगेले संरक्षणमा सकृयता देखाएको हो । गणले महाशिवरात्रीको अवसर पारेर ऐतिहासिक गढीको बारेमा सरोकारवाला तथा स्थानीयलाई विविध जानकारी गराएको छ । नारायण दल गणका गणपति प्रमुख सेनानी शशी थापाको अग्रसरतामा महाशिवरात्रीको अवसर पारेर फागुन १९ र २० गते विविध कार्यक्रम संचालन गरेको हो । शिवरात्रीको दिन विशेष मेला लाग्ने र देश वाहिरबाट समेत भक्तजनहरु शिवगढी मन्दिर दर्शन गर्न आउने भएकाले मन्दिर क्षेत्रसम्म जाने बाटोको मर्मत शिवगढी मन्दिर तथा त्यस क्षेत्रको सरसफाई गरिएको हो ।

साथै शिवगढीमा भत्किएको पर्खाल निर्माण कार्यमा समेत सेनाले सहयोग गरेको छ । रमुवादह, धानखोला तथा ऐतिहासिक  शिवगढीको विकास र पर्यटकीय स्थल बनाउन आयोजना गरिएको महाशिवरात्री मेलाका अवसरमा सेनानी हरिकृष्ण केसी लगाएतको टोलीले शिवगढीको धार्मिक तथा ऐतिहासिक महत्व र कृष्णनगर नगरपालिका वडा नम्बर ९ मा रहेको ऐतिहासिक शिवराज पार्कको महत्वको बारेमा जानकारी दिइएको थियो भने नेपाल–अग्रेज युद्धसंग सम्बन्धीका महत्वपूर्ण विविध पक्षका बारेमा पनि जानकारीहरु दिइएको थियो ।

नारायण दल गणले राखेको स्टलमा स्थानीय तथा वाह्य पर्यटक गरी २५ सय जनाले प्रत्यक्ष अवलोकन गरेको बताइएको छ । नेपाली सेना श्रीनारायण दल गणले ऐतिहासिक स्थल तथा गढीको संरक्षणमा पु¥याएको योगदानको जानकारहरुले खुलेर प्रशंसा गरेका थिए । नेपाली सेनाको यस्तो कार्यले ऐतिहासिक महत्व वोकेको स्थलहरुको संरक्षण, विकास र पर्यटन विकासमा टेवा पुग्ने स्थानीय शरद अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५ आइतबार ००:००  २ : ०१ बजे