काठमाडौं ।
वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार साँझ अध्यक्ष रोहण गुरुङको घरमा भएको विष्फोटको तत्काल छानबिन गर्नको लागि सरकारसँग माग गरेको छ। संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै विष्फोटको छानबिन गर्न र दोषीलाई कारबाहीको दायारामा ल्याउन माग गरेको छ। संघका कार्यबाहक अध्यक्ष रामप्रसाद भान्तानाले जारी गरेको विज्ञप्तिमा अज्ञात समूहले ठूलो विष्फोट गराएको दाबी गरिएको छ। संघले विष्फोटमा भएको क्षतिको उचित क्षतिपूर्ति दिलाउन र घाइतेको उपचारको लागि सरकारसँग माग पनि गरेको छ। तत्काल दोषीलाई कारबाही नगरे वैदेशिक रोजगार व्यवसाय ठप्प पार्ने चेतावनी संघले दिएको छ। ुतत्काल दोषीलाई पक्राउ गरी कारबाही नगरेको खण्डमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अनिश्चितकाल वैदेशिक रोजगारमा कामदार पठाउन बन्द गर्ने चेतावनी गर्दछौँु विज्ञप्तिमा भनिएको छ।
२५ फाल्गुन २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया