४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ज्ञानपुञ्ज बोर्डिङ स्कुल राजपुरको ११ औ अधिवेशन सम्पन्न, आगामी २ वर्षका लागि नया नेतृत्व चयन



दीपा महत, कपिलवस्तु ।
ज्ञानपुञ्ज बोर्डिङ स्कुल वाणगंगा २ राजपुरको २२ औ साधारण सभा तथा ११ औ अधिवेशन सम्पन्न भएको छ । आईतबार सम्पन्न अधिवेशनले आगामी २ वर्षका लागि नया नेतृत्व चयन गरेको छ । २ वर्षे कार्यकालका लागि विद्यालय सञ्चालक समितीको अध्यक्षमा पद्मलाल अधिकारी चयन हुनुभएको छ भने सदस्यहरुमा क्रमस गोविन्द खनाल, नारायण पौडेल, जुनूमणि पाण्डे, कृष्ण भट्टराई र सदस्य सचिवमा रोमकान्त घिमिरे चयन हुनुभएको छ । यस्तै ३ सदस्यीय लेखा समिती पनि गठन गरिएको छ ।
जसको संयोजकमा अर्जुन थापा रहनुभएको छ भने सदस्यहरुमा बाबुराम घिमिरे र रामप्रसाद भट्टराई हुनुहुन्छ । साथै ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । समितीको संयोजकमा नवदत्त घिमिरे रहनुभएको छ भने सदस्यहरुमा दोलखराम घिमिरे, शंकर पाण्डे, चिरञ्जीवि पन्त, ज्ञानराज अर्याल हुुनुहुन्छ । साधारण सभा तथा अधिवेशनमा संचालक समितीको तर्फबाट सदस्य सचिव रोमकान्त घिमिरेले प्रस्तुत गर्नुभएको वार्षिक प्रगती प्रतिवेदन र लेखा समितीको तर्फबाट लेखा समिती संयोजक अर्जुन थापाले प्रस्तुत गर्नुभएको लेखा समितीको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
यसैबिच नवगठित समितीको पहिलो वैठक आईतबारनै बसेको छ । बैठकले विभिन्न निणर्यहरुपनि गरेको बताईएको छ । कार्यक्रम विद्यालय संस्थापक पदमलाल अधिकारीको स्वागत, संचालक समिती तत्कालिन अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता र गोविन्द पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  १ : २७ बजे