४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

क्याम्पस भवन बनाउन अर्घाखाँचीको ठाडामा महाँयज्ञ संचालन, तस्बीरमा हेर्नुस



बिष्णु कुमार आले, अर्घाखाँची ।
पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभा सदस्य सांसद टोप बहादुर रायमाझीले बिकास र समृद्घी दृष्टिले एक अब्बल देश बनाउने अभियानमा सरकार अघि बढेको बताउनु भएको छ । ज्योति भबिश्वर बहुमुखी क्याम्पस ठाडा अर्घाखाँचीको स्तरउन्नती र भवन निर्माणका लागी शुक्रबार देखी सुरु भएको शैक्षिक धार्मिक महोत्सवको उद्घाटन समारोहलाई संबोधन गर्दै नेता रायमाझीले जिल्लाका ३ ओटा नगरपालीका बिकासमा यो आर्थिक बर्षमा ७ अरब केन्द्रीय सरकारबाट बिनियोजन गरिएको बताउनु भयो ।


७७ जिल्लामा ६५ ओटा सडक मध्ये अर्घाखाँचीका ४ ओटा सडक केन्द्रीय योजनामा पार्न सफल भएको दाबी गदैै नेता रायमाझीले न्योती भबिश्वर बहुमुखी क्याम्पस ठाडा अर्घाखाँचीको भवन निर्माणका लागी तत्कालका लागी सांसद कोष बाट रु २० लाख सहयोग गर्ने घोषणा गर्नु भयो । वहाँले अबका दिनमा क्याम्पसको आफुले लिने पनि बताउनु भयो ।
त्यस्तै प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले क्याम्पसको भवन निर्माण गर्न प्रदेसबाट रकम छुट्टाउने बताउनु भयो । कार्यक्रममा बोल्दै नगरप्रमुख सुर्य प्रसाद अधिकारीले क्याम्पस भवन निर्माणका लागी रु १ लाख र उपप्रमुख टिका रेश्मीले दुई महिनाको तलब रु ६० हजार दिने घोषणा गर्नु भएको छ ।
कार्यक्रमको उद्घाटन अघि १७ सय कलश सहित निस्केको र्याली सानादह , अमराई बजार , ठाडा दह , साहुटोला क्षेत्र परिक्रमा गरि पुन महाँयज्ञ स्थल पुगेर कोणसभामा परिणत भएको थियो ।
महाँयज्ञमा प्रमुख बाचक अन्तराष्ट्रिय भागवत भुषण पुज्य संजेलजी महाँराजजीको मुखारबिन्दु बाट दैनिक कथा बाचन हुने छ । क्याम्पस भवन निर्माण र गुणस्तर सुधार उदेश्य बोकेर संचालन गरिएको महाँयज्ञमा पहिलो दिन १० हजार बढी भक्तजनहरु बिभिन्न झाकी र ब्यानर सहित सहभागी भएका थिए । क्याम्पस भवन निर्माणका लागी सितगंगा ३ साहुटोलाका भबिश्वर पौडेलका सुपुत्रहरु शिब प्रसाद पौडेल, नारायण प्रसाद पौडेल , कृष्ण प्रसाद पौडेल र गणेस पौडेलले १ करोड ३० लाख बराबरको जग्गा निशुल्क दिएपछी भवन निर्माणका लागी श्रोत जुटाउन महाँयज्ञ संचालन गरिएको हो । एक साता सम्म संचालन हुने महाँयज्ञमा ५ लाख बढि दर्शननार्थी भित्राउने र २ करोड बढि रकम संकलन गर्ने लक्ष्य लिएको महाँयज्ञ मुल समारोह समिती ठाडा अर्घाखाँचीले जनाएको छ । महाँयज्ञ मुलसमारोह समितीका अध्यक्ष कुमार केसब सिङ बेल्बासेको अध्यक्षता , पुर्व उपप्रधान मन्त्री तथा प्रतिनिधी सभा सदस्य टोप बहादुर रायमाझीको प्रमुख आथित्यता ,प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे र उपाध्यक्ष काशीराम आचार्यको संचालनमा संपन्न कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव छबिलाल पौडेल , नेकपाका नगर संयोजक बसन्त कुमार श्रेष्ठ, क्याम्पस प्रमुख विष्णुप्रसाद भट्राई, महायज्ञ सचिवालय संयोजक माधव प्रसाद पौडेल, जग्गादात शिव प्रसाद पौडेल र मालेका जिल्ला सचिव केदार बेल्बासे लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  ९ : ५० बजे