४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उच्च रक्तचापबारे जान्नैपर्ने कुरा



काठमाण्डौ ।

मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली आर्टरीको भित्तामा पर्ने दबाबलाई रक्तचाप –ब्लडप्रेसर रक्तचापलाई मिलिमिटर अफ मर्करी एमएमएचजीमा नापिन्छ । माथिको रक्तचापलाई सिस्टोलिक र तलकोलाई डायस्टोलिक भनिन्छ । सिस्टोलिक र डायस्टोलिक दुबै रक्तचाप शरीरका लागि उत्तिकै महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०र८० एमएमएचजीभन्दा कम हुनपर्छ । माथिको रक्तचाप १४० वा सोभन्दा बढी र तलको ९० वा सोभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ । माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई प्रिहाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचाप हुनुभन्दा अगाडिको अवस्था हो । यस अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफुलाई बचाउन सकिन्छ ।

रक्तचाप किन तल–माथि भइरहन्छ ?

सामान्य मानिसको रक्तचाप तल–माथि भई राखेको   हुन्छ । यस्तो हुनु स्वस्थ मुटु र स्वस्थ मस्तिष्कको पहिचान हो । रक्तचापलाई धेरै कुराले असर पार्ने भएकाले फरक–फरक नाप आउनु स्वाभाविक नै हो । नाप्ने हात, ठाउँ, तरिका, मानिस, मेसिन, समय, तापक्रम आदि कुरा फरक भएमा रक्तचाप पनि फरक–फरक हुनसक्छ । यो सामान्य हो । धेरै दिनदेखि रक्तचाप १४० र९० को वरिपरि देखिएमा चिकित्सकको परामर्श लिनु जरूरी हुन्छ ।

न्यून रक्तचाप लो ब्लडप्रेसर संबन्धी गलत धारणा

जसको रक्तचाप १४०र९० को जति नजिक हुन्छ, उसलाई भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै धेरै हुन्छ । यस्ता मानिसलाई उच्च रक्तचाप मात्रै होइन, अन्य मुटु र रक्तनलीसम्बन्धी रोगको सम्भावना पनि बढी नै हुन्छ । सामान्य रक्तचाप १२०र८० भन्दा कम हुनुपर्छ । कहिलेकाहीँ रक्तचाप माथिको ९० देखि ११० र तलको ६० देखि ७० सम्म पनि हुनसक्छ । सामान्य रूपले आफ्नो दैनिक कामकाज गर्नसक्ने ब्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । कम भएमा अनावश्यक पीर लिनु हुँदैन । जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ । साँच्चिकै न्यून रक्तचाप भएको मानिसको अवस्था त गम्भीर हुन्छ । यस्ता बिरामीलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिन्छ ।  साँच्चिकै कसैलाई न्यून रक्तचाप छ भने, केहीबेर सुतेर वा बसेर अचानक उभिँदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यसलाई पोस्चुरल हाइपोटेन्सन भनिन्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधि खाइरहेको व्यक्तिमा बढी हुन्छ । वृद्धमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधिको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

सामान्यभन्दा बढी रक्तचाप भयो भने के गर्ने ?

यदि रक्तचाप १४०(९० को वरिपरि छ र कहिलेकाँही १५०(१०० सम्म पनि पुग्छ र यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा पनि जीवनशैलीमा परिवर्तन गरेर रक्तचाप घटाउन सकिन्छ र औषधिको आवश्यकता नपर्न पनि सक्छ । तर यदि रक्तचापमाथिको १४०–१५० वा तलको ९०–१०० छ भने, चिकित्सकसंग जाँच गराएर मात्रै औषधि खाने वा नखाने निणय गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन गर्दै ३ देखि ६ महिनासम्म रक्तचापलाई नियमित रुपमा जाँच गर्नुपर्छ । त्यसपछि पनि नियन्त्रण नभए औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ ।

उच्च रक्तचापका कारण

अस्वस्थ जीवनशैैली नै उच्च रक्तचापको प्रमुख कारण हो । अस्वस्थ आहार ९नूनिलो खानेकुरा०, मोटोपना र  शारीरिक गतिबिधिको कमीले उच्च रक्तचाप सिर्जना गर्नसक्छ । जीवनशैलीमा हुने अस्वस्थ परिवर्र्तनले गर्दा नै युवकहरूमा पनि यो समस्या बढ्दै गइरहेको देखिन्छ । धुमपान सेवनले  रक्तचापलाई बढाउछ । यसले रक्तचाप कम गर्ने औषधिको असरलाई पनि कम वा निष्कृय गर्छ, जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन ।

उच्च रक्तचापका लक्षण

सामान्यतया उच्च रक्तचापको केही लक्षण हँदैन । उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ, तर यो कुरालाई अनुसन्धानले पुष्टि गर्दैन । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ । अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउको पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ  । कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्या देखा पर्न सक्छन् । कहिलेकाहीँ उच्च रक्तचापका कारण अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षण देखापर्न सक्छ । केही बिरामीलाई मस्तिष्काघात, हृदयाघात वा मिर्गौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च रक्तचाप भएको पहिलोपटक थाहा हुनसक्छ । उच्च रक्तचापको लक्षण निम्न देखिनसक्छ स्

–    टाउको दुख्नु वा भारी महसुस हुनु

–    रिंगटा लाग्नु

–    हिँड्दा स्वाँ स्वाँ हुनु

–    खुट्टा वा अनुहार सुन्निनु

–    नाकबाट रगत बग्नु

टाउको उच्च रक्तचापका कारण मात्र नभई अरु नै कारण पनि दुख्न सक्छ । बरु टाउको दुखेका बेलामा रक्तचाप पनि बढ्न सक्छ । त्यसैले टाउको दुख्न ठीक भएपछि फेरी रक्तचाप नापेर हेर्नुपर्छ ।

उच्च रक्तचापको असर

मस्तिष्काघात – ब्रेन हेमरेजलाई उच्च रक्तचापको प्रमुख जटिलताका रूपमा मानिन्छ । रक्तचापको उचित नियन्त्रण नभएमा मस्तिष्कको सानो रक्तनली फुटेर मस्तिष्कभित्र रक्तश्राव हुनसक्छ । यसले गर्दा मस्तिष्काघात हुन्छ । मस्तिष्कघातका कारण बिरामीको मृत्यु पनि हुनसक्छ । रक्तचापको नियन्त्रण गर्नु भनेको मस्तिष्काघात हुन नदिनु पनि हो  । उच्च रक्तचाप भएको व्यक्तिले मदिरा प्रयोग ग¥यो भने ब्रेन हेमरेजको खतरा झन् बढी हुन्छ । त्यसैले यस्ता बिरामीले मदिराको प्रयोगमा अंकुश लगाउनु अत्यन्त जरुरी हुन्छ ।

मृगौलामा असर – उच्च रक्तचापको अर्को प्रमुख जटिलता मिर्गौलाको काममा कमी वा खराबी  आउनु हो । यसले मिर्गौलाका साना रक्तनलीमा असर गरेर बिस्तारै निष्क्रियतातिर लैजान्छ । यसलाई क्रोनिक किड्नी डिजिज भनिन्छ । मिर्गौलाको समस्या बढ्दै गएर डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्थासम्म आउनसक्छ । यसबाट बच्ने एक मात्र उपाय रक्तचापको उचित नियन्त्रण गर्नु नै हो ।

मुटुको रोग – मुटुको भित्ता बाक्लो हुनु र हृदयाघात हुनु उच्च रक्तचापका २ प्रमुख जटिलता हुन्  । रक्तनलीहरु मुटुसंग जोडिएका हुनाले, रक्तचाप बढी भएमा मुटुभित्र पनि दबाब बढ्न सक्छ । मुटुले प्रत्येक धड्कनमा बढी दबाब सहनु पर्छ । यसरी रक्तचाप बढी भएको केही समयपछि मुटुको भित्ता मोटो  हुन थाल्छ । समयमै रक्तचाप नियन्त्रण नभएमा मुटुको भित्ता धेरै बाक्लो भएर मुटुले सामान्य रुपमा काम नगर्न सक्छ ।

अनि हृदयाघात हुनसक्छ । उच्च रक्तचापले विशेष गरेर मुटुको रिल्याक्सेसनमा नराम्रो असर पार्छ । जसको फलस्वरूप हिँड्दा स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनुजस्ता लक्षण देखिन सक्छन् । उच्च रक्तचापले मुटुको कोरोनरी आर्टरीलाई समेत साँघुरो बनाएर हृदयाघात निम्त्याउन सक्छ । जसरी व्यायाम गर्दा मांसपेशीमा तनाव भएर बाक्लो हुन्छ र व्यायाम छाडेको केही दिनमै मांसपेशी पुनः पूर्व अवस्थामा पुग्छ । ठीक त्यसरी नै रक्तचापले मुटुको मांसपेशीमा दबाब पु¥याएर मुटुको भित्तालाई बाक्लो बनाउछ । रक्तचाप नियन्त्रण भए मुटुको बाक्लो भएको भित्ता फेरि सामान्य हुन सक्छ ।

किन उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ ?

उच्च रक्तचापको विशेष लक्षण हुँदैन । भित्रभित्रै मुटु, मस्तिष्क, मिर्गौला, आँखा तथा रक्तनलीमा असर गरिरहेको हुन्छ । कुनैदिन अचानक यस्ता अंगको गम्भिर समस्या भएपछि मात्रै बिरामीलाई उच्च रक्तचाप भएको  पहिलोपटक थाहा हुनसक्छ । तसर्थ थाहा नदिइकनै भित्रभित्रै यो रोगको दुष्प्रभावले बिरामीको ज्यान पनि लिनसक्ने भएकाले उच्च रक्तचापलाई ‘सुषुप्त हत्यारा’ को रूपमा चिनिन्छ ।

उच्च रक्तचाप भएको थाहा पाइसकेपछि शरीरका महत्वपूर्ण अंगमा यसको असर परेकोे छ कि छैन भने पत्ता लगाउनु पर्छ ।  सुगर र कोलेस्ट्रोलको मात्रा ठीक छ कि छैन् थाहा पाउनु पर्छ । औषधि खानु पर्छ कि पर्दैन पत्ता लगाउनु सवभन्दा महत्वपूर्ण हुन्छ । रक्तचाप नियन्त्रणका लागि जीवनशैलीमा के कस्ता परिवर्तनको आवश्यकता छ, यसको बारेमा जानकारी लिनुपर्छ ।

रक्तचाप नियन्त्रणका प्रमुख पक्ष 

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकाले जीवनशैलीमा परिवर्तन गरेर नै  नियन्त्रण गर्न खोज्नुपर्छ । त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरूपले बन्द गर्नु सबभन्दा राम्रो उपाय हो । यसका अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपाय अपनाउनुपर्छ । जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाहअनुसार औषधि नियमित रुपले खानु र समय–समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सूत्र हो ।  कम्तिमा १० प्रतिशत तौल घटाउनुपर्छ । प्रतिदिन १्२ घण्टाभन्दा बढी हिड्नुपर्छ । अत्यधिक मदिरा सेवन गर्नु हुँदैन । मानसिक तनाव कम गर्नुपर्छ  ।

अन्य उपाय

पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुरा हुनुपर्छ । साइट्रस पु्रmट्स जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलपूmलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलपूmल नियमित खानुपर्छ । ताजा फलपूmलमा पाइने भिटामिन, मिनरल्स्  र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई, रक्तचाप पनि घटाउछ । प्रशस्त हरियो सागसब्जी खानुपर्छ । प्रतिदिन २, ३ पटक हरियो सागसब्जी खानुपर्छ । माछाको प्रयोग फाइदाजनक मानिने भएकाले हप्तामा २ पटक माछा खाँदा राम्रो हुन्छ ।

नुन र रक्तचापको सम्बन्ध

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउछ । स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनमा अझ बढी सावधानी अपनाउनुपर्छ । दिनहुँ एक चिया चम्चाभन्दा बढी नुन खानु हुदैन । नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन । नुन धेरै नै कम खाएमा रगतमा सोडियमको मात्रा कम भएर मान्छे बेहोस र कहिलकाही ज्यानै पनि जान सक्छ । घरमा सामान्य नुन हालेर खाना खान मिल्छ । मुलतः खानामा नुन नथप्ने, न्युन सोडियम भएको नुनको प्रयोग गर्नेजस्ता विधि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन् । नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन मिल्छ ।

के औषधि खानु जरूरी छ ?

शरीरका अंगमा रक्तचापको असर परिसकेको छ भने औषधि खानु अनिवार्य हुन्छ । हिजोआज प्रयोग गरिने अधिकांश औषधिको खासै साइडइप्mेक्ट हु“दैन । औषधिको प्रयोगले उच्च रक्तचापको प्रकोपबाट महत्वपूर्ण अंगलाई बचाउछ । त्यसैले औषधि नखाने मानसिकता गलत हो । रक्तचाप १४०र९० भन्दा बढी छ र जीवनशैलीमा परिवर्तन गरेपनि कम भइरहेको छैन भने चिकित्सको सल्लाहअनुसार निर्धक्कसंग औषधि खान सुरु गर्नुपर्छ ।

एकचोटी औषधिको प्रयोग गरिसकेपछि छाड्न मिल्छ कि मिल्दैन ?

जीवनशैलीमा परिवर्तन गरेपछि रक्तचापमा कमी आउन सक्छ । यसको फलस्वरुप औषधिको मात्रा घटाउनुपर्ने हुनसक्छ । यदि तपाईंलाई मोटोपना, धुम्रपान, मदिराको सेवन, शारीरिक गतिविधिमा कमी जस्ता कारण छन् भने यसको नियन्त्रण गरेपछि रक्तचाप घटन सक्छ । कसैकसैको रक्तचाप घटेर औषधि बन्दै गर्नुपर्ने अवस्था पनि आउन सक्छ । अर्थात् रक्तचापका कारणलाई नियन्त्रण गरेमा औषधिको मात्रा घटाएर बन्दै गर्न मिल्ने हुनसक्छ ।

औषधि कुन बेला र कतिपटक खानुपर्छ

कुन औषधिले कति समयसम्म काम गर्छ भन्ने तथ्यको आधारमा नै दिनको एक वा दुई पटक खानुपर्ने हुन्छ । एम्लोडिपिन, एटिनोलोल, हाइड्रोक्लोरथाइजाइड जस्ता औषधिहरु विहान र  लोसार्टन, टेल्मिसार्टन, इनालाप्रिल, प्राजोसिन जस्ता औषधि राति सुत्ने बेलामा खाँदा राम्रो हुन्छ । उच्च रक्तचापका यी सबै औषधि खानापछि मात्रै खानुपर्छ । औषधि सकेसम्म प्रत्येक दिन एउटै समयमा खाने गर्नुपर्छ र दुई चोटी खानुपर्ने औषधि १२ घण्टाको फरकमा खाँदा राम्रो हुन्छ ।

रक्तचापका औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । त्यसैले एकपटक सम्पूर्ण जाँच गरेर मात्रै औषधिको प्रयोग गर्ने निणर्य लिनुपर्छ । औषधि खान सुरु गरिसकेपछि कम्तिमा ६ महिना वा १ वर्षसम्म अनिवार्य रुपमा नै प्रयोग गर्नुपर्ने भएकोले बिरामीले आफ्नो इच्छाअनुसार खाने वा नखाने गर्नुहुँदैन । कम्तिमा एक महिनाको औषधि किन्नुपर्छ र एक हप्ताको औषधि बाँकी हुँदै फेरि अर्को महिनाकालागि औषधि किनिहाल्नु पर्छ । किनभने एक दिन पनि  नबिराइकन औषधि खाँदा स्वास्थ्यलाभ बढी हुन्छ । डा. ओममुर्ति अनिल

 साभार नेपाल लाइभ

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  ९ : २६ बजे