४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अवैध डलरसहित विमानस्थलबाट नकर्मी पक्राउ



काठमाडौँ ।
महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ।
कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले अवैधरुपमा १०० दरको १५ हजार अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा नकर्मीलाई पक्राउ गरिएको जानकारी दिइन्। पक्राउ परेका नकर्मीसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच महानगरीय प्रहरी वृत्त बालाजुले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले तारकेश्वर नगरपालिका–५ मुड्खुस्थित ग्रिन गार्डेन फ्यामिली रेष्टुरेंन्टमा जुवातास खेल्ने पाँचजनालाई शुक्रबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र ३७ हजार ५०५ बरामद गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  ९ : ०८ बजे