४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गरुडामा नेकपाको आमसभा शुरु 



रौतहट ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को गरुडामा आयोजना कार्यक्रम शुरु भएको छ। कार्यक्रम स्थल गरुडामा प्रदेश २ र रौतहटका विभिन्न क्षेत्रबाट नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तक र जनता आउने क्रम जारी रहेको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  कार्यक्रममा सहभागी हुन नेकपाका अध्यक्षद्वय र नेताहरू हेलिकप्टरबाट कार्यक्रमस्थल आउन लागेका छन्। सभाको सुरुवात विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेर भएको छ।  निर्वाचन र पार्टी एकतापछि नेकपा पहिलोपटक मधेसमा आमसभा गर्न गइरहेको छ। कार्यक्रमको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षा निकायको परिचालन गरिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  ८ : ४६ बजे