४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आईएसमा सहभागी हुन बेलायतबाट सिरिया आएकी शमिमाको शिशुको ज्यान गयो



एजेन्सी ।

विद्रोही संगठन इस्लामिक स्टेट ९आईएस० मा सामेल हुनका लागि लण्डन छोडेकी शमिमा बेगमको शिशुको ज्यान गएको छ । १९ वर्षकी किशोरी शमिमा बेगमले झण्डै तीन हप्ताअघि तेस्रो सन्तानको रुपमा छोरा जेर्राहलाई जन्म दिएकी थिइन् ।जेर्राहको निमोनियाका कारण ज्यान गएको सिरियन डेमोक्रेटिक फोर्सका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीसीले जनाएको छ । बेलायती सरकारका प्रवक्ताले शिशुको निधनले दुखित तथा विचलित पारेको बताएका छन् । शमिमा बेगमले आफ्ना दुई साथीसहित सन् २०१५ मा बेलायत छोडेकी थिइन् । उनलाई गएको फेब्रुअरीको मध्यतिर सिरियाको शरणार्थी शिविरमा फेला पारिएको थियो ।उनी बेलायत फर्कन चाहे पनि  बेलायतले उनको नागरिकता रोकेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  ८ : १४ बजे