४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वेष्ट इन्डिज विरुद्ध इंग्ल्याण्डको शानदार जित



एजेन्सी ।
इंग्ल्याण्डले वेष्ट इन्डिजनमाथि ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा शानदार जित दर्ता गरेको छ । दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भ्रमण टोली इंग्ल्याण्डले वेष्ट इन्डिजमाथि १३७ रनको जित दर्ता गरेको हो ।
१८३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ११ ओभर पाँच बलमा सबै विकेट गुमाएर मात्रै ४५ रन बनाउन सक्यो । वेष्ट इन्डिजका लागि शिमरोन हेटमायर र कार्लोस ब्रेथवेटले समान १०–१० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्याण्डका क्रिस जोर्डनले चार विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले ६ विकेटको क्षतिमा १८२ रन बनायो । उसका लागि साम बिलिङ्गसले ८७ तथा जोए रुटले ५५ रन बनाए ।
वेष्ट इन्डिजले जवाफी ब्याटिङ्गमा बनाएको ४५ रन ट्वेन्ट–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले बनाएको दोस्रो कम रन हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  १ : ४९ बजे