४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ठाडामा धार्मिक महोत्सवको उद्घाटन, टोपबहादुर रायमाझीद्धारा २० लाखको घोषणा



शिवकुमार वेल्वासे, सितगंगा ।
अर्घाखाँची सितगंगा नगरपालिकाको ज्योति भविश्वर क्याम्पस ठाडामा हुने सितगङ्गा शैक्षिक तथा पर्यटन प्रबर्द्धन एव धार्मिक महोत्सवको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री रायमाझीद्वारा गरिएको छ ।
ज्योति भबिश्वर बहुमुखी क्याम्पस ठाडालाई गुणस्तरीय शिक्षामा स्तर वृद्धि स्तर वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको महोत्सवको उद्घाटनसत्रमा कलस यात्रा निकालिएको थियो । कलस यात्रामा हजारौं नगरवासीको सहभागीता थियो ।
धार्मिक महोत्सवको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले सुरुवाती चरणमा २० लाखको घोषणा गर्नुभयो । साथै क्याम्पसको भवन निर्माण गर्न सम्पूर्ण जिम्मा आफुहले लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेशसभा सदस्य रामजी घिमिरे, नगर प्रमुख सूर्य प्रसाद अधिकारी र उपप्रमुख ठिका रेश्मीले एक÷एक लाख दिदै दुई महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ ।
ज्योति भबिश्वर बहुमुखी क्याम्पस ठाडालाई गुणस्तरीय शिक्षामा स्तर वृद्धि स्तर वृद्धि गर्ने उद्देश्यले महोत्सव लागिएको हो । शुक्रबार देखि सञ्चालन भएको महोत्सव चैत्र १ गते सम्म चल्ने छ ।
सितगङ्गा शैक्षिक तथा पर्यटन प्रबर्द्धन एव धार्मिक महोत्सव मुल समारोह समिती महोत्सवको आयोजकमा रहेको छ भने महोत्सवको संरक्षकमा शितगंगा नगरपालिका रहेको छ ।
शैक्षिक क्रान्तिका अभियन्ता ईश्वरशरण महाराज ज्यूको सङ्कल्प साथै पुज्य संजेल जी महाराज ज्यूको प्रमुख बाचकत्व रहने छ । ज्योती भबिश्वर क्याम्पसको स्तर वृद्धि तथा सितगङ्गा नगरपालिका भित्रमा रहेका धार्मिक एव पर्यटन क्षेत्रहरू बिकास एव प्रचार प्रासारमा सहयोग पुगोस भन्ने उद्देश्यलेले धार्मिक महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ । महोत्सव ठाडाको सानादहमा लाग्ने छ ।
क्याम्पसका अध्यक्ष कुमार केशव सिंह बेल्बासेको अध्यक्षतामा भएको उद्घाटनसस्त्रमा जिल्ला प्रहरी कार्यलयका प्रमुख नवराज मल्ल, नगरका प्रमुख प्रशासकीय अधिकृत माधव बन्जाडे, महिला सञ्जालकि अध्यक्ष भगवता बेल्बासे लगायतको उपस्थिती रहेको थियो ।
विष्णुप्रसाद भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन काशिनाथ आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  २ : ३८ बजे