४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश स्तरीय उसुमा कपिलवस्तुलाई २ स्वर्ण सहीत ७ पदक



मायादेवी अनलाइन, तौलिहवा ।

प्रदेश नम्बर ५ अन्र्तगत दाङको घोराइमा सम्पन्न ३ दिने प्रदेश स्तरीय उसु प्रतियोगीतमा कपिलवस्तुले २ स्वर्ण सहीत ७ पदक हात पारेको छ । जिल्ला उसु प्रशिक्षक दत्त प्रसाद पाण्डेय अनुसार प्रतियोगीतामा सहभागी ७ जनाले नै पदक हासिल गरेका छन ।

५६ देखि ६० किलो अन्तरर्गत बुद्धभूमि नगरपालिकाकी शिल्पी काउचाले स्वर्ण जितेकी छिन । यस्तै ६० देखि ६२ किलो समुहमा मनोज सारुले समेत स्वर्ण जितेका छन ।

५२ देखि ५६ केजी समुहमा मनिषा राना मगर रजत, ६५ देखि ७० केजी समुहमा अभिषेक ताम्घाली रजत, ४८ देखि ५२ किलो समुहमा प्रकाश कुवरले रजत पदक जितेका छन ।

यस्तै थारुलो कातामा सन्तोष अधिकारी तृतीय भए । प्रतियोगीतामा प्रथम र द्धितीय भएका खेलाडीहरु आगामी चैत २७ गते देखि दाङमा संचालन हुने राष्ट्रिय स्तरको उसु प्रतियोगीमा सहभागी हुनेछन ।

प्रशिक्षक पाण्डेयले ७ जनाले नै पुरस्कार जित्नु खुसीको कुरा रहेको बताए । पतियोगीतामा नेपाल उसु संघका केन्द्रिय अध्यक्ष केशव कुमार बिष्टले बिजयी खेलाडीलाई पदक र प्रमाण पत्र बितरण गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  १ : १२ बजे