४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७ अजिगरमा १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सहित सडक नाटक कार्यव्रmम भएको छ ।
श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक हिसाको अन्त्य गरौं कुरा होइन काम गरौ भन्ने विषयवस्तुलाई समेटेर वक्तृत्वकला प्रतियोगिता भएको हो ।
प्रतियोगितामा १३ जना किशोर, किशोरीको सहभागिता रहेको थियो । पुनिता मौर्यको अध्यक्षतामा भएको प्रतियोगितामा नन्द किशोर प्रजापतिले प्रथम स्थान हासिल गर्न सफल भएका छन ।
दोस्रो स्थानमा मंजु यादव र तेस्रो स्थानमा विश्वराम गुप्ता विजयी भएका छिन । कार्यव्रmम किशोर अधिकार मंच कृष्णनगर नगरपालिकाको आयोजना केयर नेपाल र दलित सामाजिक विकास केन्द्रको सहयोगमा संचालन गरिएको हो ।
वक्तृकला प्रतियोगितामा प्रहरीका असई जिवन धिताल समाजिक परिचालक पवन हरिजन दलित सामाजिक विकास केन्द्रका विजय सापकोटाले श्रमिक महिला दिवसको विषयमा चर्चा समेत गरेका थिए ।
किशोरी अधिकार मंचकी गुलसना बानुको संचालनमा रहेको कार्यव्रmममा १०५ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  १ : ०२ बजे