४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महिला दिवसको अवसरमा मायादेवीमा कार्यक्रम



थानेश्वर अधिकारी, पकडी । 

कपिलवस्तुको मायादेवी गाउँपालिकाको आयोजनामा शुक्रबार १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस बिबिध कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । लैङ्गिक समानताका लागि समान सोंच र व्यवहारः समृद्धिको आधार भन्ने मुल नाराका साथ आयोजित सो कार्यक्रममा बिभिन्न प्ले कार्ड, व्यानर सहित गाउँपालिका कार्यलयबाट पकडी चोक हुँदै स्वास्थ्य चौकी पकडीको प्राङ्गणमा गइ सभामा परिणत भएको छ ।

सो अवसरमा बक्तृत्वकला प्रतियोगिता महिला स्वयंसेविका बीच चम्चा खेल, कर्मचारीहरु बीच म्युजिकल, चेयर, गाउँ कार्यपालिका सदस्य बीच घैटो फुटाउने कार्यक्रम राखिएको छ । कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले महिला सृष्टिका जननी हुन् महिला बिना सृष्टि संचालन हुनै सक्दैन, महिलाले अवसर पाएका जस्तो सुकै काम पनि गर्न सक्ने र सो को लागी पुरुषहरुको साथ र सहयोग आवश्यकता रहेको बताउनु भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले स्थानीय तहको निर्वाचन पछि पहिलो पटक यसरी बिबिध कार्यक्रम सहित भव्य रुपमा महिला दिवश मनाउन थालिएकोले अव यसलाई निरन्तरता दिदै जाने कुरामा जोड दिनुभएको छ ।

समाजमा हुने रुढिवादी, कुरिती, कुसस्कार जस्ता कारण महिलाहरु हिंसाको शिकार भएकाले अव त्यसलाइ न्युनिकरण गर्न गाउँपालिकाले सचेतनामुलक अभियान संचालन गर्ने बताउनुभएको छ ।

कार्यक्रमको अवसरमा बोल्दै प्रदेश सभा सदस्य शुष्मा यादवले सदियौं देखी थिचोमिचो सहदै आएका महिलाहरु अव स्वतन्त्र रुपमा अगाडी बढ्न थालेता पनि अझै समाजमा हुने बिभेदका कारण पछाडी परेका भएका छन् त्यसैले उनीहरुलाई अगाडी बढाउन सबैजना लाग्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

कार्यक्रम मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीको अध्यक्षता, प्रदेश सभा सदस्य शुष्मा यादवको प्रमुख आथित्यता, गाउँपालिकाका उपाध्यक्ष गीता तिवारीको बिशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन दिलिप यादवले गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  १२ : ३५ बजे