४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दुईवटा सकेट बम सेनाद्वारा निष्क्रिय



रोल्पा ।
रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै विहीबार भेटिएको दुईवटा सकेट बम शुक्रबार नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
लिबाङमा रहेको नेपाली सेनाको खड्ग दल गणबाट गएको बम डिस्पोजल टोलीले शुक्रबार दिउँसो ती बमलाई निष्क्रिय बनाएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो । यता सदरमुकाम लिबाङमा नेपाली कांग्रेसको पार्टी कार्यालय नजिक भेटिएको दुई वटा सकेट बम पनि सेनाले हिजो निष्क्रिय पारेको थियो ।
बम कसले र किन राखेको भन्नेबारे थाहा नभएता पनि विप्लव समूहले राखेको हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ११ : ४० बजे