४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गायिका शारदाको ‘स्वर्ग’ बोलको भिडियो गीत बिमोचन



थानेश्वर अधिकारी, वाणगंगा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा कपिलवस्तुकी कार्यसमिति सदस्य शारदा खनालको नयाँ एल्वम ‘स्वर्ग’ बोलको गीत तथा भिडियोको शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा सर्जक रमेश बि.जी.द्धारा बिमोचन गरिएको छ ।
सो गीतमा शारदा खनालको लय, शब्द, चर्चित गायिका बिष्णु माझी र समिक्षा खनालकोे स्वर प्रकाश क्षेत्रीको निर्देशन, आशा खड्का, बाबुराम न्यौपाने र बाल कलाकारमा आर्यान खड्का, समिक्षा खनाल र सिसन अधिकारीको अभिनय रहेको छ ।
गीतको छायांकन विरेन्द्र भट्ट र सम्पादन अनिल रानाले गर्नुभएको छ । सर्व सम्मान म्युजिक प्रा.लि.ले आज देखी बजारमा ल्याएको सो भिडियोको शुक्रबार कपिलवस्तुको ४ नं जितपुरमा रहेको होटल अन्नपुर्णमा बिमोचन तथा पत्रकार सम्मेलन गरि सार्वजनिकरण गरिएको छ ।
सो कार्यक्रमको आयोजना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कपिलवस्तुले गरेको थियो । २०४४ सालमा कपिलवस्तुमा जन्मिएकी खनालले अहिलेसम्म करिब ६ वटा गित बजारमा ल्याएकी छन् भने करिव आधा दर्जन गितमा स्वर समेत दिएकी छन् ।
उनले साली भेना नामक पहिलो तिज कोशेली मार्फत गायन क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेकी हुन् त्यसको सफलता पछि पुलिस दाई, मेरो कालुलाई, म पागल, हो पिया रानीले बोल गीतले राम्रै चर्चा बटुल्न सफल भएका छन् ।
अहिले भखैले बजारमा आएको स्वर्ग बोलको गितले प्रदेशिएका महिला चेलीहरुको यर्थाथ आवाज बोलेको यो गीतका मोडल बाबुराम न्यौपानेले जानकारी दिएका छन् । जिवन व्यक्तितको आडमा थुप्रै चुनौतीहरुको सामना गरेकी गायिका खनालले लोक दोहोरी क्षेत्रमा आउन आफुले धेरै संघर्ष गर्नु परेको र सो को लागी घर परिवार र प्रतिष्ठानबाट सहयोग मिलेको बताएकी छन् ।
अहिले घरमा श्रीमान् सहित अहिले १ छोरा र १ छोरी साथ रहेकी छन् । यो गीतमा उनकी आफ्नै छोरी समिक्षा अधिकारीको स्वर रहेको छ साथै उमेर देखी आफ्नी आमाको कला र गलाबाट प्रेरित भएर उनले यो गितमा स्वर भरेकी छन् ।
शुक्रबार जितपुरमा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका सह सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले कर्ण प्रिय स्वरका धनि शारदा खनाल कपिलवस्तुकै कलाकार भएकाले उनका गितहरुलाई मिडिया मार्फत अगाडी बढाउन आफुले सक्दो पहल गर्ने बताउनु भएको छ ।
सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकार र कलाकार बिच नङ र मासुको सम्वन्ध रहेको छ कलाकारको कृतिहरुलाई संचारमाध्यम मार्फत आगाडी बढाउन आफुले सक्दो प्रयसा गर्ने बताउनु भएको छ । मन्तव्यकै क्रममा स्वर्ग गीतका निर्देशक प्रकाश क्षेत्रीले यो गीतले बास्तविक महिलाहरुको पिडा व्यथा वोकेको छ, यसको भिडियो बनाउन आफुले निकै मेहनत गरेको कुरा बताउनु भएको छ ।
शारदा खनाल सम्भावना बोकेकी कलाकार भएको हुनाले प्रतिष्ठान केन्द्र र जिल्लाले सहयोग गर्नुपर्ने बताएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष रमेश बि.जी.ले गीत एकदम समय सान्दर्भिक रहेको यसमा अभिनय गर्नेहरुको कला पनि राम्रो रहेको बताउनुभएको छ । यसले समाजको यथार्थ आवाज बोलेको छ यस्तै खालका गीतहरु कालजयी हुने बताउनुभएको छ ।
अहिले लोक दोहोरी गीतमा आएको बिकृतिलाइ अन्त्य गर्न राज्यले पहल गर्नुपर्छ राम्रो कला भन्दा पनि कलाकारहरुमा चर्तिकला आउनु बिडम्बनाको रहेको र सो को लागी सेन्सर बोर्डको आबश्यकता रहेको बताउनुभएको छ । प्रतिष्ठान कपिलवस्तुले नवोदित कलाकारहरुका लागि गरेका कामहरु स्वागत योग्य रहेको बताउनु भएको छ ।
कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता,प्रतिष्ठानमा बरिष्ठ उपाध्यक्ष तथा सर्जक रमेश बि.जी.को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन प्रतिष्ठान कपिलवस्तुका सदस्य राजेन्द्र खनालले गर्नु भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ११ : ३३ बजे