४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विप्लवको गाउँ शिवगढीमा मानव अधिकारकर्मी पुगे



दिपक खड्का, शिवगढी ।

नेकपाका महासचिव समेत रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ को गाउँ शिवगढीमा अधिकारकर्मी पुगेका छन् । विहीबार विहान सुरक्षाकर्मीले सर्च अप्रेशन गरेपछि त्यहाँको वस्तुस्थिती बुज्न अधिकारकर्मी शिवगढी पुगेका हुन् । विहीबार भएको सर्च अप्रेशनमा भाग्न खोजेको भन्दै प्रहरीले नेकपाका कार्यकर्ता दुर्गा बहादुर रोक्का माथि गोली हानेको थियो । प्रहरीलाई देखेपछि रोक्का भाग्ने क्रममा देब्रे घुँडामा गोली लागेको छ । अहिले उनको बुटवलमा उपचार भैरहेको छ ।

तर, शिवगढीमा पुगेका अधिकारकर्मी सामु स्थानीयले रोक्कालाई सकुशल लगि गोली हानिएको बताएका छन ।

यता भगवानपुरका यादव चन्दले आफुलाई प्रहरीले जवरजस्ती कागजमा हस्ताक्षर गर्न भनेको बताएका छन् । प्रहरीले पक्राउ पूर्जी बिना घरमा पसेर खानतलासी गर्न खोजेको चन्दले बताए ।

चन्दको घरमा खानतलासी गर्दै गर्दा स्थानीयबासी प्रहरी माथि खनिएका थिए । चन्दले आफुले प्रहरीले दबाब दिई हस्ताक्षर गर्न भनेपनि नमोनेको र प्रहरी बीच वादविवाद भैरहदा गाउँलेहरु आई प्रहरी माथि खनिएको बताएका छन ।

विद्यालय समयमा हातहतियार सहित प्रहरीको बाक्लो उपस्थिती देखे पछि विद्यार्थीहरुले नाराबाजी गरे पछि प्रहरी फर्किएको चन्दले बताएका छन ।

अनुगमनमा अधिकारकर्मी उमानाथ पौडेल, उमेश पौडेल  नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी, कोषाध्यक्ष दिपक खड्का, सदस्य अर्जुन बेल्वासे, संजिव गहतराज, सनिउल्लाह धोबी, पत्रकार कृष्ण गैरे, दिपक के.सी. लगायत घटनास्थलमा पुगेका थिए ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  १० : १९ बजे