४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणगंगामा एक दिने अभिमखीकरण गोष्ठी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा स्थानीय तह स्तरिय सरोकारवालाहरु संगको एक दिने अभिमखीकरण गोष्ठी सम्पन्न भएको छ । समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकिकृत ब्यवस्थापन कार्यक्रम अन्तरगत गोष्ठी भएको हो ।
प्रदेश ५ स्वास्थ्य निर्देशानलयको आयोजनामा भएको कार्यक्रमको उद्देश्यमाथी प्रदेश निर्देशानलयका वरिष्ठ तालिम अधिकृत भुवन कुवरले जानकारी गराउनुभएको थियो । यसैगरी प्राविधिक पक्षको जानकारी सुआहारा कार्यक्रमका विजेन्द्र बन्जाडे र पिपरा अस्पतालका मेडिकल अधिकृत रञ्जिता महतोले जानकारी गराउनुभएको हो ।
कार्यक्रम मेयर मंगल प्रसाद थारुको अध्यक्षता, रस्वास्थ्य शाखा संयोजक कृष्ण घिमिरेको सञ्चालनमा भएको हो । कार्यक्रममा निमित्त प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर जिसी, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदय, वडा सदस्य, विषयगत कार्यलयका प्रमुख तथा स्वास्थ्यकर्मी लगाएतको सहभागिता थियो । कार्यक्रममा वडा नम्बर २, ५ , र ८ का वडा अध्यक्षले प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ३ : २० बजे