४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उपचार गर्न गएका बालकलाई डाक्टरले कुटपिट गरेपछि …



बुटवल ।
उपचार गर्न गएका बालकलाई कुटपिट गरेको आरोपमा डाक्टर पक्राउ परेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि पुगेका ७ वर्षिय अभिनव विकलाई थप्पड हानेको आरोपमा प्रहरीले डाक्टर हेमन्त पाठकलाई पक्राउ गरेको हो ।गिजामा घाउ आएपछि बालक उपचारका लागि अस्पताल पुगेका थिए । बालकका आफन्तले चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पताल घेराउ र नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५ बिहिबार ००:००  १ : ०८ बजे