४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हृदयघातका कारण नेकपा नेता सूर्य प्रसाद पाण्डेको निधन !



मायादेवी अनलाइन, वाणगंगा ।
हृदयघातका कारण नेकपा कपिलवस्तुका नेता सूर्य प्रसाद पाण्डेको निधन भएको छ । कपिलवस्तु वाणगंगा ८ बन्डौली निवासी पाण्डेको आज साँझ ६ बजे निधन भएको हो । गएराती घरमै एक्कासी हृदयघातका कारण ढलेपछि पाण्डेलाई तत्कालका लागि कपिलवस्तु सामुदायिक अस्पताल लगिएको नेकपा वाणगंगा नगर कमिटीका अध्यक्ष विश्व कार्कीले बताउनुभयो । यहाँ उपचार सम्भव नभए पछि पाण्डेलाई राती नै गौतमबुद्ध मुटु अस्पताल बुटवल लगिएको र उपचारकै क्रममा उहाँको निधन भएको नगर अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

अहिले पाण्डेको शवलाई वाणगंगा घरमा ल्याइएको उहाँले जानकारी दिनुभयो । स्वर्गिय नेता पाण्डे पूर्व एमालेका वाणगंगा नगर कमिटी अध्यक्ष समेत रहनुभएको थियो । लामो समय कम्युनिष्ट आन्दोलनमा समर्पित पाण्डे एमाले कपिलवस्तुको पूर्व जिल्ला परिषद समस्य समेत रहनुभएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  २ : ३८ बजे