४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

फेरी पनि वाणगंगामा अण्डाको नयाँ मूल्य कायम



दीपा महत, वाणगंगा ।
बुधबारबाट लागूहुने गरी फेरी अण्डाको नयाँ मूल्य कायम गरिएको छ । बुधबार कायम गरिएको मूल्य यस अघिको मूल्य भन्दा प्रतिपेटी १ सय ५० का दरले बढेको छ । यस अघि ठूलो अण्डाको मूल्य प्रतिपेटी २ हजार रुपैया कायम गरिएको थियो भने बुधबारबाट २ हजार १ सय ५० रुपैयामा किनबेच गर्नुपर्नेछ । यसैगरी मिडियम साईजको अण्डाको मूल्य प्रतिपेटी १ हजार ९ सय ५० रुपैया कायम गरिएको छ । आज झुँगामा सम्पन्न वाणगगा अण्डा उत्पादक किसान संघको बैठकले उक्त निणर्य गरेको हो । साथै सघले बुधबार बजार अनुगमन पनि गरेको छ ।
संघका सचिव भुवन पोख्रेलको सयोजकत्वमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा केहि पसलले संघले तोकेको मूल्य भन्दा घटाएर बेचेको पाईएको छ । साथै नगरपालिकामा बाहिरबाटै अवैध तवरले अण्डा ल्याई बेचेको पाईएकाले त्यस्ता पसलहरुलाई सचेत गराईएको छ । अर्को पटक पनि संघले तोकेको मूल्य भन्दा कम मूल्यमा बेचेको पाईए कारबाहि गर्ने पनि संघले स्पष्ट पारेको छ ।
अनुगमन टोलीमा राजेन्द्र अधिकारी, कृष्ण आचार्य, बाबुराम पौडेल, आत्मराम बेल्वासे लगाएतको टोली सहभागि थियो । नेपाल अण्डा उत्पादक किसान सघ र लुम्बिनी अण्डा उत्पादक किसान सघलाई आधार मानि अण्डाको मूल्य समायोजन गरिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  २ : १७ बजे