४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश नं. ५ः फेरी थपियो बिशेष समितिको म्याद



बुटवल ।

प्रदेश नम्वर ५ को प्रदेश सभाको बुधबार बसेको बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानी शिफारिस गर्न गठित बिशेष समितिको म्याद ३ महिना थप गरेको छ ।

गत साउनमा गठन भएको समितिको म्याद आज पुन ३ महिनाका लाथि थपिएको हो । बिशेष समितिले प्रदेश अन्र्तगतका सबै जिल्ला सदरमुकाममा पुगि सुझाव संकलन तथा अन्तरक्रिया समेत गरीसकेको छ । बिशेष समितिले प्रतिवेदन तयार गर्न समय लाग्ने भएकाले ३ महिनाका लागि म्याद थपिएको छ ।

बैठकमा सामाजिक बिकास मन्त्रि सुर्दशन बरालले प्रदेश ५ खेलकुद सम्वन्धि व्यवस्था गर्न बनेको बिधेयक पेश गर्नुभयो ।त्यस्तै प्रदेश ५  स्वास्थ्य सस्था स्थापना, सञ्चालन नबकिरण तथा स्तरोन्ती गर्न बनेको बिधेयक र प्रदेश ५ बालबालिकाको हक अधिकार संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयक माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा जल्पा भुसाल, कमला बिक, गिता थापा, तिलकराम शर्मा र दीपा बिकले भाग लिनु भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  २ : १५ बजे