४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तौलिहवा–चारनम्बर सडकखण्डमा धुलोले सास्ती



मायादेवी अनलाइन, वाणगंगा ।
तौलिहवा–चारनम्बर सडकखण्ड निर्माणधिनको चरणमा छ । चालु आवको माघ १५ भित्रै काम सक्नुपर्ने भएपनि फाल्गुण महिना वितिसक्दा पनि काम पूरा हुन सकेको छैन । बज्रगुरु दिवा एम केले निर्माणको ढेक्का लिएको छ । समय अवधिमै काम सकिने भएपनि ढेक्का सम्झौता भन्दा बढी काम परेकोले समय अवधि असार १५ सम्म थप भएको ठेकेदारको भनाई छ । तर, बाटो निर्माणले जति खुसी थपेको छ त्यो भन्दा बढी दुखी धुँलोले पारेको छ । धुँलोको कारण वातावरण प्रदुषण त भएको छ नै मानव स्वास्थ्यमा पनि गम्भिर असर परेको स्थानीयबासीले बताएका छन् । धुँलोले चारनम्बर, सिद्धिपुर क्षेत्रको जनजीवन प्रभावित बनेको छ । ठेकेदारले बाटो निर्माण गर्दा पानी छर्कनुपर्ने नियम भएपनि ठेकेदारले त्यसलाई वेवास्था गरेको छ ।
दैनिक उठ्ने धुँलोले बाटो वरपरका सर्वसाधारण आजित बनेका छन् भने बाटोमा हिडडुल गर्ने सर्वसाधारण प्रभावित भएका छन । बाटोको धुँलोले आवातजावत गर्ने सर्वसाधारण धुलाम्मे हुनेगरेका छन । सिद्धिपुरकी लक्ष्मी थारुले बाटोको धुँलोले स्वास्थ्यमै असर पुगेको बताइन । धुँलोले घाटीमा समस्या आएको उनले बताइन ।
विहान घाम नझुल्किदै ठेकेदारले पानी छर्केेने गरेपनि दिनभर कुनै चासो नदिएको स्थानीय सन्तोष क्षेत्रीले बताए । दिनभर घाम लाग्दा कुनै वास्था छैन विहान विहान पानी छर्केर के हुन्छ उनले भने । होटल व्यवसायी क्षेत्रीले धुलोले गर्दा होटलमा तयार गरिएका सबै खानेकुरा खान नसक्ने स्थितीमा हुने गुनासो गरे ।
यता निर्माणधिन सडकका इन्जिनियर गशेण सापकोटाले अन्यत्र काम भएकोले दैनिक पानी हाल्न समस्या आएको बताए । आफुले तत्काल पानी हाल्न पठाउने बताए । चारनम्बर चोक देखि तौलिहवा जाने एक किलोमिटरमा धुलोको समस्या भएकोहो । अरु स्थानमा बाटो पक्की बनिसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  २ : ०६ बजे