४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

टोटनह्याम युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा



एजेन्सी ।
युरोपियन च्याम्पियन्स लिगमा जर्मन लिग लिडर बोरुसिया डर्टमुन्डलाई समग्रमा चार–शून्यले हराउँदै टोटनह्याम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा तीन–शून्यको जित निकालेको टोटनह्याम दोस्रो लेगमा एक शून्यले विजयी भयो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा तीन–शून्यको जित निकालेको टोटनह्यामले अवे खेलमा बोरुसियालाई उसकै मैदानमा एक–शून्यले हरायो । उसको जितमा हेरी केनले एकमात्र गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए । जसका कारण टोटनहमलाई अन्तिम आठमा स्थान बनाउन पर्याप्त बन्यो ।


२०११ पछि टोटनह्याम युरोपियन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । हेरी केन युरोपियन प्रतियोगितामा टोटनह्यामबाट धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले कुल २४ गोल गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  ३ : ०४ बजे