४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रियल मड्रिड अन्तिम १६ बाटै बाहिरियो



एजेन्सी ।
सर्वाधिक सफल क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइलनको दोस्रो लेगमा घरेलु मैदानमा चार–एकको हार ब्यहोर्दै १३ पटकको च्याम्पियन रियल समग्रमा पाँच–तीन गोलअन्तरले पराजित भयो ।
पहिलो लेगमा घरेलु मैदानमा दुई एकले हारेको आयाक्सले रियलको मैदानमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । च्याम्पियन्स लिगमा २२ वर्षपछि नकआउट चरणमा पुगेको आयाक्सले १० खेलाडीमा झरेको रियललाई चार–एक गोलले हरायो ।
पछिल्लो १३ वर्षमा आयाक्स च्याम्पियन्स लिगको नकआउट चरणमा पहिलो पटक रियलसँग खेलेको थियो । जसमा उसले रियललाई उसकै मैदानमा स्तब्ध बनायो । खेलको सातौँ मिनेटमा नै जेइचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए ।
त्यसपछि १८ औं मिनेटमा डेवीड निकीसले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलको अग्रता बनाएको रियलविरुद्ध आयाक्सले ६२औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक उसका लागि डुसान टाडीकले गोल गरे । ७० औं मिनेटमा मार्को एसेन्सीयो गोल गर्दै रियलको आशा जनाएका थिए ।


तर त्यसको दुई मिेनटपछि नै आयाक्सका सोनीले गोल गर्दै खेलमा चार एकको जित दिलाए । जसका कारण पहिलो लेगको अग्रतालाई रियलले जोगाउन सकेन र घरेलु मैदानमा लगातार चार खेलमा पराजित भयो ।
रियल घरेलु मैदानमा यसरी हारेको सन् २००४ पछि पहिलो पटक हो भने सन् २०१० पछि नकआउट चरणमा पुग्न असफल भएको हो । यता आयाक्स २००६ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५ बुधबार ००:००  २ : ५९ बजे