४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओलीले सपना साकार पार्न प्रदेश सरकार लाग्छः मुख्यमन्त्री पोखरेल



दाङ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिवंगत प्रदेश सभा सदस्य उत्तरकुमार ओलीले सपना साकार पार्न प्रदेश सरकारले ध्यान दिने बताउनुभएको छ ।
सवारी दुर्घटनामा मृत्यु हुनुभएका प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पश्चिम दाङको विकासको लागि प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको हो ।
उत्तरकुमार ओली उदयमान नेतृत्व हुनुहुन्थ्यो । जहिले पनि आफ्नो ठाउँको विकासको लागि चिन्तित हुनुहुन्थ्यो उहाले भन्नुभयो–पश्चिम दाङका जनताको ढुक ढुकिमा बस्नु भएका नेतालाई गुमाउदा हामी सबैले अभाव महशुस गरेका छौं ।
प्रदेश सभा सदस्य ओलीलाई श्रद्धाञ्जली दिन प्रदेश सभामुख पूर्णबहादुर घर्ती, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी लगायत प्रदेश सभा सदस्य, नेकपाका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
नेकपा जिल्ला कार्यदल सदस्य टिकाराम खड्काको अध्यक्ष तथा मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा भएको हो ।
कार्यक्रममा बंबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले उत्तरकुमार ओली प्रतिष्ठान बनाउने जानकारी दिनुभयो। माघ २४ गते घोराही ३ चिसापानीमा ओली सवार कार र वस ठोक्किदा उहा गम्भीर घाइते हुनुभएको थियो ।
उहाको उपचारको क्रममा १२ दिन अघि काठमाडौं मेडीसिटि अस्पतालमा मृत्यु भएको थियो।ओली दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट प्रदेश सभा सदस्यमा निर्वा्चित हुनुभएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  ४ : ४९ बजे