४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अनिता पौडेलको दाहसंस्कार गरियो, नावालक छोरा र छोरीले दिए दागवत्ति



मायादेवी अनलाइन, वाणगंगा ।
अज्ञात समुहद्धारा विभत्स हत्या गरिएकोे अनिता पौडेलको मंगलबार दाहसंस्कार गरिएको छ । वाणगंगा नगरपालिका ४ ठाकुरापुर निवासी पौडेललाई दुई साता अघि मध्यरातमा आफ्नै निवासमा हत्या गरिएको थियो । हत्यामा संलग्नको अझै पहिचान नभएपनि हत्यारालाई अनुसन्धानको दायरामा ल्याउने सर्वदलिय बैठकको निणर्य पछि अनिताका परिवारले शब बुझोर दाहसंस्कार गरेका हुन् ।
वाणगंगा ७ लक्ष्मणघाटमा अनिताको पार्थिव शरिरमा ७ वर्षिय छोरा र ९ वर्षिय छोरी दिया पौडेलले दागबत्ती दिएका थिए । अनिताको दाहसंस्कार गरिएपनि हत्यारा पत्ता लगाउने काम बाकी रहेको हुदा अनिताका परिवारले चाडो भन्दा चाडो हत्यारा पत्ता लगाउन माग गरेका छन् ।
सयौ सर्वसाधरण र आफन्तको बिचमा अनिताको अन्त्येष्टी गरिएको हो । निर्ममतापूर्वक हत्या गरिएकी पौडेलको घटनाले जिल्लामा अशान्ती र असुरक्षाको महसुस गराएको छ । मृतकका आफन्त, स्थानियबासीको निरन्तरको दबाब पछि प्रहरीले दोषिलाई छिट्टै पक्राउ गर्ने प्रतिवद्धता जाहेर गरेपछि आज शब बुझेर अन्त्येष्ठी गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सर्वपक्षिय बैठकमा सहभागी वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले दोषिलाई कानुनी कठघारामा ल्याउने प्रहरीले प्रतिबद्धता जनाएको बताए ।
पौडेलको हत्या रहस्यमय रहेको र अनुसन्धानको काम अघि बढेकोले केहि दिनमै दोषि पत्ता लगाईने ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले जानकारी गाउनुभएको छ ।
यसैबिच अनिताका आफन्तले घटनाको सत्यतथ्य पत्ता लगाई दोषिलाई कडा कारवाहीको माग गरेका छन् । घटना भएको २ साता विति सक्दापनि दोषि पत्ता नलागेको भन्दै उनिहरुले आपत्ती जनाएका हुन । घटनालाई मिलाउनखोजे आफुहरु आन्दोलनमा उत्रने उनिहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  ४ : ३६ बजे