९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेतृत्वलाई कांग्रेस जिल्ला सभापतिको चेतावनीः विशेष महाधिवेशन बोलाउन सक्ने



काठमाडौं ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै चुलिन थालेको छ । कांग्रेसमा नेतृत्वले महासमिति बैठकले पारित गरेका कुरा उल्याउन थालेको भन्दै जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवालाई खबरदारी गर्न थालेका छन् । आज (मंगलबार) विभिन्न ५६ जिल्लाका सभापतिहरुले महासमिति बैठकले पारित गरेका कुरालाई अक्षरस पालन गर्न माग गर्दै त्यसो नभए नेतृत्वविरुद्ध अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
गत पुस २९ देखि माघ ९ गतेसम्म काठमाडौंमा सम्पन्न भएको महासमिति बैठकमा सभापति देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति सदस्यहरुको माग अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एउटै व्यक्तिलाई दोर्होयाएर अवसर नदिने सम्बन्धि व्यवस्थामा ऐक्यवद्धता जनाए पनि पछिल्लो केन्द्रीय समिति बैठकले निर्णय उल्ठाएको भन्दै जिल्ला सभापतिहरु आक्रोशित भएका छन् ।
आक्रोशित ५६ जिल्लाका सभापतिहरुले महासमिति भन्दा ठुलो केन्द्रिय कार्य समिति हुन नसक्ने भन्दै सभापतिले गरेको प्रतिबद्धता उल्लंघन गर्नु दूभाग्यपूर्ण रहेको बताएका छन् ।
खबरहवसँगको कुराकानीमा इलाम जिल्लाका नेपाली कांग्रेस सभापति हिमालय कर्माचार्यले आफूहरले राखेका माग पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता गराएको बताए । दर्ता नम्बर ९३ रहेको यो विषयलाई वेवास्था गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु हास्यास्पद रहेको कर्माचार्यले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  ७ : ३१ बजे