४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापा विद्रोह भएको ४६ वर्ष पूरा, के भन्छन् प्रम ओली



काठमाडौं ।
झापा विद्रोहका शहीदहरूको सम्झना गरिँदैछ । ४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जंगलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा पाँच अगुवा क्रान्तिकारी नेतालाई गोली हानी हत्या गरिएको थियो । २०२९ साल फागुन २१ गते सुखानीको जंगलमा गोली हानी हत्या गरिएकाहरुको सम्झना नेकपालगायत वामपन्थी पार्टिहरूले कार्यक्रम गर्दैछन् । नेकपाले ४६ औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउँदैछ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्मृति दिवस कार्यक्रममा सहभागी हुने नेकपा झापाका नेता चिन्तन पाठकले जानकारी दिए । इलामको दानाबारी र झापाको सिमानामा पर्ने सुखानीमा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ ।
पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो। २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिस्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई ‘झापा विद्रोह’को रूपमा चिनिन्छ । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेल सार्ने निहुँमा पाँच युवाको हत्या गरिएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५ मंगलबार ००:००  २ : २१ बजे