४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चितुवाका गतिबिधि अध्ययन गर्न बिशेषज्ञको टोली परिचालन



अर्घाखाँची ।

अर्घाखाँचीमा चितुवाले प्रत्येक वर्ष आतकंक नै फैलाउन थालेपछि चितुवाको गतिबिधि अध्ययन गर्न चितुवा बिशेषज्ञको टोली आएको छ । चितुवाको गतिबिधिका सम्वन्धमा अध्ययन गर्न ४ जनाको बिशेषज्ञ टोली अर्घाखाँची आएको हो ।

टोेलीले चितुवाका गतिबिधि अध्ययन गरि बन्यजन्तु र मानब बिचको द्वन्द्वलाई न्युनिकरण गर्ने उपायहरुको बारेमा खोजी गर्ने चितुवा बिशेषज्ञ डा. नारायण कौजुले जानकारी दिनुभयो  । चितुवाबाट प्रभाबित भएको क्षेत्र सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिका क्षेत्रमा क्यामरा ट्रयापिङ्ग गर्ने जिल्ला डिभिजन बन कार्यालयका प्रमुख अजय बिक्रम मानन्धरले जानकारी दिनुभयो ।

अर्घाखाँचीमा  चितुवाले १४ बालबालिका मारेको र ११ जना घाईते बनाएको सहायक वन अधिकृत शिला पोख्रेलले बताउनुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  २ : ०५ बजे