४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

खानेपानीको मुहान पुरिँदा समस्या



पाल्पा । 

डोजरले सडक खन्दा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गकोे खानेपानीको मुहान पुरेपछि त्यहाँका बासिन्दा समस्यामा छन् । उक्त गाउँपालिकाको वडा नं. २, वडाबाट  वडा नं. ४, तान्सिङगलसम्म रू १० लाख लगानीको लागतमा मोटरबाटो  विस्तार गरिएको थियो  । सडक विस्तारका क्रममा डोजरले माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहान पुरिएकाले समस्या भएको  स्थानीयवासी  नुरबहादुर बुढाथोकीको गुनासो थियो ।

अर्कास्थानीयवासी गोविन्द भण्डारीका अनुसार मुहान पुरिँदा मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको समस्या भएको छ । सडक विस्तारका क्रममा खानेपानीका मुहान पुरिएपछि पानीको समस्या चर्केको बताउनुभयो ।

जथाभावी माटो र ढुङ्गा फाल्दा वातावरणमा पनि ठूलो असर परेको उहाँको भनाइ थियो । वर्षाका बेला फालिएको माटो बग्दा पहिरोसमेत जानसक्ने आशङकाले स्थानीयवासी चिन्तित छन् ।   मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले बाटोे विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको छलफलबाट समाधान गर्न सकिने बताउनुभयो । (रासस)

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  २ : ०२ बजे