४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कर्मचारीको सहयोगमा अत्याधुनिक ल्याब सञ्चालन



गुल्मी ।
गुल्मी अस्पतालमा अत्याधुनिक ल्याब संचालनमा आउने भएको छ । कर्मचारी मिलन केन्द्र गुल्मीले सोमबार अत्याधुनिक ल्याब मेसिन सयोग गरेपछि अस्पतालको सेवा थपिएको छ ।
सदरमुकाम तम्घासरमा रहेको जिल्ला अस्पताल गुल्मीलाई थप सुबिधा सम्पन्न बनाउनका लागि एक कार्यक्रमका बीच थाइराइड चेक गर्ने ल्याब मेसिन हस्तातरण गरिएको हो ।
गुल्मी अस्पतालमा आउने बिरामीहरुलाई स्वास्थ्य परीक्षणमा थप सहज होस भन्ने उद्देश्यका साथ मेसिन हस्तान्तरण गरिएको कर्मचारी मिलन केन्द्रका कोषध्यक्ष हरिप्रसाद गैरेले बताउनुभयो ।
करिब ६ लाख रुपैयाँ पर्ने अत्याधुनिक ल्याब मेसिन गुल्मी अस्पताललाई कर्मचारी मिलन केन्द्रको तर्फबाट गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले हस्तातरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कर्मचारीले पनि सामाजिक कार्यमा केही गर्न सक्छन भन्ने सन्देश दिनको निम्ति ल्याव मेसिन दिएको बताउनुभयो ।
उनले यसको सही प्रयोग गर्दै बिरामीहरुलाई सेवा दिन आग्रह गर्नुभयो । कर्मचारीहरुको मासिक बैठकमा अस्पतालाई केही गरौं भन्ने आवाज उठे अनुरुप सानो सहयोग गरेको बताउनुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  २ : ०० बजे