४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेशस्तरीय ट्वान्टी–२० क्रिकेट छनोटमा नवलपरासीको विजयी सुरुवात



भैरहवा ।
चैतमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि आज बाट भैरहवामा प्रदेशस्तरीय ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पाँच नम्बर प्रदेशबाट आठौंमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तरजिल्लाबीच खेल सुरु भएको हो । आज भएको पहिलो नवलपरासीले बर्दियालाई ८ विकेटले पराजित गरेको छ ।
सिद्धार्थ रंगशालामा भएको खेलमा जितका लागि बर्दियाबाट पाएको १०३ रनको लक्ष्य नवलपरासीले १३।३ ओभरमा २ विकेट क्षतिमा १०५ रन बनाउँदै जित निकाल्यो । भोली पहिलो खेल रुपन्देही र रोल्पा तथा दोस्रो खेल बाँके र अर्घाखाँचीबीच हुने छ ।
१२ जिल्ला रहेको प्रदेशमा १० जिल्लाका खेलाडी मात्रै सहभागी छन् । छनोट खेलमा प्यूठान र रुकुमले भाग लिएको छैन् । आठौंका लागि जिल्ला–जिल्लाका उत्कृष्ट १४ क्रिकेट खेलाडी छनोट गरी प्रदेश पाँचको एउटा टिम बनाइने छ ।
नकआउट चरणमा खेलाइने खेल फागुन २५ गतेसम्म चल्ने छ । छनोट खेलको आज एक कार्यक्रमबीच प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो । उहाँले राज्यले क्रिकेटसहित अन्य खेलकुदलाई विशेष प्राथमिकता दिइ अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  १ : ५५ बजे