४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बलिउडका ५ अभिनेत्रीको यसरी भएको थियो अचानक मृत्यु



एजेन्सी ।
श्रीदेवी
बलिउडकी बहुचर्चित नायिका श्रीदेवीको निधन २०१८ फेब्रुअरी २४ मा भएको हो । संयुक्त अरब इमिरेट्सको दुबइमा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला हृदयाघातका कारण उनको मृत्यु भएको थियो ।
सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा जन्मिएकी श्रीदेवी चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् । ५४ वर्षको उमेरमा निधन भएकी उनले ५० वर्ष त फिल्म क्षेत्रमै काम गरेकी थिइन् । उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्र छन् ।

परवीन बाँबी

सन् १९८० को दशकमा अमर अक्बर एन्थोनी, नमक हलाल र शान जस्तो बलिउडका प्रख्यात चलचित्रमा नाम कमाउन सफल उनको सन् १९४९ मा भारतको गुजरात राज्यमा जन्म भएको थियो । बाँबीको सन् २००५ को २० जुलाईका मुम्बइस्थित आफ्नै घरमा ५५ वर्षको उमेरका सुतेकै अवस्था मृत्यु भएको थियो । यो पनि अर्को एक रहस्यमय निधन नै थियो ।

दिब्या भारती

अभिनेत्री दिब्या भारतीको १९ वर्षको उमेरमा मृत्यु भएको थियो । सन् १९७४ फेबु्रअरी २५ मा महाराष्ट्रमा जन्मिएकी उनको सन् १९९३ अप्रिल ५ मा मृत्यु भएको थियो । हिन्दी र तलेगु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिब्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन् । कम समयमा नै सफलताको चुचुरोमा पुग्न सफल दिब्याले बिश्वात्मा, सोला ओर सबनम र दिवानाजस्ता चलचित्रबाट भारतमात्र नभएर बाहिरकै कैयौँ आत्मालाई दिवाना बनाउन सफल भएकी थिइन् । यी नायिकाको मुम्बइस्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृत्यु भएको भनिएको थियो । तर यो हत्या थियो भन्ने विवाद पनि नचलेको होइन । आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्वमा छ भनिन्छ ।

स्मिता पाटिल

एक दशकमा हिन्दी र मराथी ८० भन्दा बढी चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्मिता पाटिलको ३१ वर्षको उमेरमा मृत्यु भएको थियो । सन् १९५५ को अक्टोबर १७ मा जन्मिएकी पाटिलको १९८६ को १३ डिसेम्बरमा मृत्यु भएको थियो । उनले दुई वटा राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन् । भारत नागरिकलाई दिइने चौथो उच्चस्तरीय पुरस्कार पदमश्री पाएकी थिइन् ।
भारतीय चलचित्रको नै अभिनेता राजबबरसँग विबाह सम्बन्धमा बाधिएकी स्मिताको बच्चा जन्मिदा उत्पन्न प्रसुतीजन्य जटिलताका कारण मृत्यु भएको थियो । उनले हिन्दी भाषाका प्रख्यात चलचित्र अर्थ, भूमिका, वासिस, आजकी आवाज मिर्च मसाला, नमक हलालजस्ता कैयौ चलचित्रमा अभिनय अभिनय गरेकी थिइन् ।

मीना कुमारी

सन् १९३३ को १ अगस्तमा जन्मिएकी मिनाकुमारीको ३९ वर्षको उमेरमा मृत्यु भएको थियो। बालकलाकारबाट नै चलचित्र जगतमा प्रवेश गरेकी मिनाको १९७२ को ३१ अगस्तमा मृत्यु भएको थियो । उनलाई बलिउड जगतमा ‘द ट्रजिडी क्वीन’ को नामबाट पनि चिनिन्थ्यो । उनले बलिउडका प्रख्यात चलचित्र सहिब बिवी ओर गुलाम, पाकिजा, मेरे अफ्ने, बैजु बावरा, दिल अप्ने और प्रित पराई जस्ता कैयौँ चलचित्रमा अभिनय गरेकी थिइन् । उनको निधन क्यान्सरको कारण भएको थियो । राससको सहयोगमा

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  १ : ४६ बजे