४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाँचौ राष्ट्रिय अर्ना लोक दोहोरी प्रतियोगिता बुटबलमा शुरु



थानेश्वर अधिकारी ।
पाचौं राष्ट्रिय अर्ना खुल्ला लोक दोहोरी रनिङ शील्ड प्रतियोगिता तथा सांस्कृतिक महोत्सव बुटवलमा सुरु भएको छ। प्रायः काठमाण्डौं केन्द्रित रहने यस्ता खालका कार्यक्रम बुटवलमा पहिलो पटक आयोजना गरिएको हो। बुटवलको बुटवलमण्डपमा महोत्सवको शुरु गरिएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र प्रतिष्ठान रुपन्देहीको सह–आयोजनामा सात दिनसम्म चल्ने महोत्सवको प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले आइतबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष न्यौपानेले लोक संस्कृतिको संरक्षण तथा जगेर्ना अहिले प्रमुख आवश्यकता रहेकोले सो को लागी यस्ता खालका कार्यक्रम गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । उहाँले लोक संस्कृतिको संरक्षणमा राज्यले ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहाकार खिमबहादुर हमाल, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक गरौंजा, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्ली भण्डारी, गीता सारु मगर लगायतले बोलेका थिए । यही फाल्गुन १८ गतेदेखी २४ गते सम्म संचालन हुने दोहोरी गीत प्रतियोगिताका लागी ५४ जनाले भाग लिएको लोक दोहोरी प्रतियोगिता संयोजक प्रचण्ड जि।सी।ले जानकारी दिनुभएको छ ।
सांस्कृतिक गतिविधिबाट नेपालको लोक संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्धिर्तिय पुरस्कार १ लाख २० हजार, तृतीय पुरस्कार ७० हजार, सान्त्वना पुरस्कार ३५ हजार, उत्कृष्ट गायिका र गायकको लागि १५ हजार राशीको पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्रि पंगेनीको अध्यक्षता, प्रतिष्ठानमा पुर्व अध्यक्ष तथा बरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेको प्रमुख आथित्यता, प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक गरौजाको स्वागत , प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रमेश बिजीले धन्यवाद गर्नुभएको कार्यक्रमको संचालन प्रतिष्ठान का महासचिव सुवाश के।सी।ले गर्नुभएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ११ : ०१ बजे