४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक



काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी र एन्फाको नयाँ लोगो सार्वजनिक गरिएको छ । योसँगै एन्फाको लोगो तेस्रोपटक परिवर्तन गरिएको हो ।
यसअघि खेलाडीको जर्सीको बाँयातर्फ नेपालको झण्डा राखिएको स्थानमा अखिल नेपाल फुटबल संघको लोगो रहनेछ भने नेपालको झण्डा जर्सीको पछाडि रहनेछ । नयाँ जर्सीको छातीमा सर्वाेच्च शिखर सगरमाथाको चित्र रहेको छ ।
एन्फाले घरेलु तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिताका लागि छुट्टा–छुट्टै जर्सी बनाएको छ । यद्यपि घरेलु प्रतियोगिता र अन्तर्रा्ष्ट्रिय प्रतियोगिता अगाडि मात्रै कुन जर्सीमा खेल्ने भन्ने विषय निर्धारण हुने एन्फाले जनाएको छ ।
एन्फाले पहिलोपटक फुटबल गीत समेत सार्वजनिक गरेको छ । एन्फाको नयाँ गीतको रचना राष्ट्रगानका रचयिता व्याकुल माइलाले गरेका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  १० : ३७ बजे