९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विप्लव माओवादीका गुल्मी सेक्रेटरी पक्राउ



गुल्मी ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, गुल्मीले शान्ति सुरक्षा खल्बलाएको आरोपमा खड्कालाई आइतबार तम्घासबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका खिमलाई जिल्ला प्रहरी कार्यालय, गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।
विप्लवले भने पक्राउको निन्दा गरेको छ । संगठन सुदृढीकरणमा लागेका आफ्ना सेक्रेटरीलाई विना कारण नियन्त्रणमा लिएको उसको आरोप छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले एक विज्ञप्ति जारी गर्दै विना सर्त रिहा गर्न माग गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ८ : २८ बजे