४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तौलिहवाको तौलेश्वर मन्दिरमा भक्तजनको घुइँचो



कपिलवस्तु ।
महाशिवरात्रि पर्वको अवसरमा कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा सोमबार विहानैदेखि हजारौं भक्तजनहरुको घुइँचो लागेको छ। तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको दिन दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।
मन्दिर क्षेत्रअन्तर्गत आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्था गरिएको तौलेश्वर शिवजी मन्दिर सञ्चालक समितिका अध्यक्ष रामकुमार गुप्ताले बताउनुभयो ।
भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किँदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ। यस मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ। १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र समेत बनेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ७ : २८ बजे