४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आजबाट भैरहवामा प्रदेश स्तरीय क्रिकेट छनोट खेल हुने



भैरहवा ।

चैतमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोमबारबाट भैरहवामा प्रदेशस्तरीय क्रिकेट छनोट खेल हुने भएको छ । पाँच नम्बर प्रदेशबाट आठौंमा सहभागी हुने क्रिकेट खेलाडी छनोट गर्न अन्तरजिल्लाबीच प्रतिस्पर्धा गराउन लागिएको जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यालय प्रमुख संगम थापाले बताउनुभयो ।

१२ जिल्ला रहेको प्रदेशमा रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा गरी १० टिमको सहभागिता हुनेछ । छनोट खेलमा प्यूठान र रुकुमले भने खेलाडी पठाएका छैनन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने खेलमा सबै जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी प्रदेश पाँचको एउटा टिम बनाइने कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

जिल्ला–जिल्लाबाट गरी जम्मा १४ क्रिकेट खेलाडी छनोट हुनेछन् । नकआउट चरणमा खेलाइने खेल २० देखि फागुन २५ गतेसम्म चल्ने आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ३ : ११ बजे