४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

छत्रपालीलाई मायादेवी कप रनिङ्ग शिल्डको उपाधि



मायादेवी अनलाइन, पकडी ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीमा सम्पन्न प्रथम मायादेवी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि छत्रपाली तिर्थादेवी मावि पकडीले जितेको छ । प्रतियोगीतामा सर्वाधिक १८ स्वर्ण, ८ रजत र ४ कास्य पदक सहित तिर्थादेवी छत्रपालीले पहिलो स्थान ओगटेको हो । प्रदेशसभा सदस्य सहसराम यादव, गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद चौधरी, वडा अध्यक्षहरु सुकदेव चौधरी र सन्दीप तिवारीले विजेता विद्यालयका प्रअ नरेन्द्र बहाखुर चौधरीलाई रनिङ शिल्डर प्रमाणपत्र प्रदान गरेका थिए ।
गाउँपालिकाको पाँच विद्यालय सहभागी राष्ट्रपति रनिङ्ग शिल्डमा ५ स्वर्ण, ७ रजत र १२ कास्य पदक सहित जनता मावि बलुहवा दोस्रो तथा ५ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित स्वतन्त्र मावि रतनपुर तेस्रो भएको थियो ।
प्रतिोगीतामा लाईट अफ एशिया मावि अन्तिममा हुँदा मुनेश्वर मावि बहरबासी चौथो भएको छ । प्रतियोगीतामा प्रथम भएको छत्रपालीले भलिवल, कबड्डी, सर्टपुट, त्रिपल जंप र ८ सय मिटर दौडमा छात्र, छात्रा दुवै तिर उपाधि जितेको थियो । प्रतियोगीतामा सहभागी विद्यालयलाई जनही पाँच÷पाँच हजार पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ३ : ०० बजे